झापा-प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिममा अमेरिका जाने भएका छन् । संयुक्त राष्ट्र संघीय महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जाने कार्यक्रम तय भएको हो ।
भदौ २५ देखि असोज १२ सम्म राष्ट्रसङ्घको महासभा अमेरिकाको न्युयोर्कमा हुँदैछ । महासभामा भाग लिन जाने गरी प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणको तयारी भइरहेको छ ।
प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । यसअघि प्रधानमन्त्रीका रूपमा ओलीले २०७५ असोजमा पनि राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए ।