काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोध साँध्ने काम भइरहेको आरोप लगाएका छन् । आफूलाई गिरफ्तार गर्ने हल्लाका बीच नेता कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले प्रतिशोध स्वीकार्य नभएको बताएका हुन् ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले छानबिनमा सघाउन आफू सधैँ तयार रहेको स्पष्ट पनि पारेका छन् । आइतबार राति राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा शुभेच्छुकको भीड लागेको थियो ।
सहकारी प्रकरणमा लामिछानेलाई पक्राउ गर्ने हल्ला चलेपछि शुभेच्छुकहरु केन्द्रीय कार्यालयमा जम्मा भएका थिए । सभापति लामिछानेले राज्यका सबै निकाय र संसदीय छानबिन समितिले समेत आफ्नो संलग्नता नरहेको स्पष्ट पारे पनि प्रतिशोध साँध्न खोजिएको बताए ।