मोरङ-सभामुख देवराज घिमिरेले कानुनको अभावमा संघीयता कार्यान्वयन चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सभामुख घिमिरेले कानुन बनेमात्रै संघीयता पूर्ण रुपमा कार्यान्वयन हुने बताए ।
कानुन निर्माणलाई प्राथमिकतामा राखिए पनि संसदको पछिल्लो अधिवेशनमा अपेक्षा अनुसार कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन नसकिएको सभामुख घिमिरेले उल्लेख गरे ।
संविधान संशोधनका लागि साझा सहमतिको खाँचो रहेको औंल्याउँदै सभामुख घिमिरेले संशोधनका विषयमा सबै राजनीतिक दलहरू जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए ।