२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

अवैध रूपमा गएका नेपालीलाई विदेशबाटै श्रम स्वीकृति दिने सरकारको तयारी



झापा-सरकारले श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पुगेका नेपालीलाई विदेशबाटै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ ।

विदेशस्थित नेपाली दूतावास र नियोगबाट श्रम स्वीकृति दिने व्यवस्था सरकारले मिलाएको हो । गत सेप्टेम्बरसम्म अवैध रुपमा विदेश पुगेका नेपालीले यो सुविधा प्राप्त गर्नेछन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले रोजगारदाता मुलुकमा वैधानिक रूपमा काम गरिरहेका श्रमिकलाई नेपाल सरकारले अवैध बनाइराख्नु उचित नहुने बताए ।

मन्त्री भण्डारीका अनुसार भिजिट भिसामा गन्तव्य मुलुकमा पुगेर काम गरिरहेका नेपाली श्रमिकले विदेशस्थित नेपाली नियोगबाट श्रम स्वीकृति प्राप्त गर्नेछन् ।

विभिन्न बाटोबाट विदेश पुगेका घरेलु श्रमिकले सरकारको यो निर्णयबाट लाभ उठाउन सक्ने मन्त्री भण्डारीको तर्क छ । अहिले श्रम स्वीकृति नलिई कति नेपाली श्रमिकले विदेशमा काम गरिरहेका छन् भन्ने तथ्याङ्क सरकारसँग छैन ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ००:००  ८ : ४९ बजे