काठमाडौँ-मानव बेचबिखनको अभियोगमा झापाको कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितले असार २० गते नेपाल फर्किएर दिएको उजुरीका आधारमा न्यौपाने समातिएका हुन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने र केही समयपछि ‘ग्रीन कार्ड’ पाइने भनी प्रलोभन देखाई पीडितलाई मौरिसस पुर्याएको खुलेको छ ।
मोरीससमा १७ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।














