३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

गोली हानेर श्रीमतीको हत्या : बाबु घाइते, श्रीमान फरार



सर्लाही-सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा एकजना महिलाको हत्या भएको छ । २३ वर्षीय चित्रलेखा यादवको गोली हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

घटना विहीबार राति २ बजेतिरको हो । घटनामा ५४ वर्षीय राम दिनेश राय घाइते भएका छन् । रायको बायाँ हातमा गोली लागेको छ ।

प्रादेशिक अस्पताल मलंगवामा रायको उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न भएका व्यक्तिको नाम भने खुलाएको छैन । उनी फरार रहेकाले खोजी भइरहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डीएसपी दीपक श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार ती महिलाको श्रीमानले गोली हानेर हत्या गरेका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार ००:००  ८ : १४ बजे