५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

राष्ट्रपति पौडेलद्वारा हेलिकप्टर दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त



काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । दुर्घटनामा पाँच जनाको निधन भएकोमा आफू स्तब्ध भएको बताउँदै राष्ट्रपति पौडेलले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् । बुधबार दिउँसो रसुवाको स्याफ्रुङबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी-७ स्थित सूर्य चौरमा दुर्घटना भएको थियो ।

एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार चिनियाँ नागरिक सवार थिए । दुर्घटनामा पाँचै जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार ००:००  ८ : ५० बजे