झापा–झापा गाउँपालिका १ को सालमाराबाट प्रहरीले मंगलवार अपरान्ह लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक १२ का २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कटुवाल छन् ।
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । को ३२ प ८९७४ नम्वरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा थापा आत्तिएर भागेका थिए ।
उनीहरुका साथमा दुई ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला परेको छ । मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















