काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रमचन्द विप्लवले तत्काल नेकपा माओवादी केन्द्रसँग एकताको सम्भावना नभएको बताएका छन् ।
मङ्गलबार काठमाडौँमा पार्टीलाई आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव विप्लवले तत्काल कुनै पनि क्रान्तिकारी शक्तिसँग एकता नहुने स्पष्ट पारेका हुन् ।
पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म कसैसँग पनि एकता नहुने उनले बताए । नेकपाले लिएको एकताको पहलकदमीको आवश्यकतालाई अन्य कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक नलिएको उनको जिकिर छ ।


















