१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

३८ दिनमा २३६ जना सडक आश्रित नागरिकको उद्धार



झापा-मानव सेवा आश्रमले ३८ दिनमा २३६ जना सडक आश्रित नागरिकको उद्धार गरेको छ । सात प्रदेशका ४४ जिल्लाबाट उनीहरूको उद्धार गरिएको हो ।

पूर्व मेचीबाट सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अभियानमार्फत सडक आश्रित नागरिकको उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

उद्धार गरिएकामा १८९ जना पुरुष र ५७ जना महिला छन् । तीमध्ये नौ जना बालबालिका रहेका छन् । आनी छोइङ डोल्मा फाउन्डेसनको आर्थिक सहयोग उद्धार यात्रा सञ्चालन भएको हो ।

आश्रमका अध्यक्ष अधिकारीका अनुसार सडक आश्रित नागरिकको उद्धार तत्कालका लागि समापन भएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार ००:००  ८ : ५७ बजे