अर्जुनधारा-अर्जुनधारा नगर खेलकुद विकास समितिले हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दाे च्याम्पियनसीपमा भाग लिन जाने खेलाडीलाई बिदाई गरेको छ ।
थाइल्याण्डको बैंककमा हुने च्याम्पियनसीपमा जान लागेका चारजना खेलाडी र एकजना प्रशिक्षकलाई नगर खेलकुद विकास समितिले मङ्गलबार बिदाई गरेको हो ।
च्याम्पियनसिपमा भाग लिन लागेका विवेक गिरी, सम्यात थापा, शैलेश तामाङ र प्रिजन नेम्वाङलाई विदाई गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ । बिदाई हुने प्रशिक्षकमा दीपेन्द्र दनुवार छन् ।
अगस्ट १० देखि १२ तारिखसम्म हुने च्याम्पियनसीपमा भाग लिन नेपालबाट ५१ जना खेलाडी बैंकक जाँदैछन् । तीमध्ये चारजना खेलाडी झापाको अर्जुनधाराका हुन् ।
बिदाई भएर जाने खेलाडीलाई समितिका तर्फबाट २५ हजार नगद प्रदान गरिनुका साथै एक थान ट्रयाकसुट समेत वितरण गरिएको अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
खेलाडी टोलीलाई नगर प्रमुख बलदेव सिंह गोम्देन, प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमाल, वडाध्यक्ष खगेन्द्र इङनाम, नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, समितिका सल्लाहकार वीरबहादुर राई लगायतले बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा सदस्य सचिव खगेन्द्र लिङ्देन, सदस्यहरू सुरेन्द्र राई, हेमलाल परियार, निशा तामाङ, तिलक योन्जन र विराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।














