बिर्तामोड-कनकाई नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष दीर्घबहादुर थापाको आइतबार बिहान निधन भएको छ । वडाध्यक्ष थापा लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।
वडाध्यक्ष थापाको निधनप्रति कनकाई नगरपालिकाले दुःख व्यक्त गरेको छ । नगरपालिकाका सूचना अधिकारी खगेन्द्र मिश्रका अनुसार कनकाईमा आज शोक बिदा दिइएको छ ।
नगरपालिका कार्यालय र वडा कार्यालयहरू आज बन्द रहने छन् । नगर अस्पतालको सेवा भने नियमित रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए ।