काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र उठेको पुस्तान्तरणको प्रश्नलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रको बहसलाई सकारात्मक रुपमा लिएको स्पष्ट पारेका हुन् ।
माओवादीभित्र पुस्तान्तरणको विषयमा चर्को बहस भइरहेको छ । पछिल्लोपटक सत्ताच्यूत भएपछि यस विषयमा नेताहरूबीच आरोप प्रत्यारोप चलिरहेको हाे ।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, ‘केही हुँदैन, सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’ माओवादीले सत्ताको लोभमा फसेर जनताप्रतिको कार्यभार बिर्सेको भन्दै जनस्तरमा तीव्र आलोचना छ ।


















