११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई मातृशोक




झापा–बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई मातृशोक परेको छ । आमा पुष्पलता न्यौपानेको उपचारका क्रममा गएराति भारतको सिलगुढीमा निधन भएको हो ।

८५ वर्षीया पुष्पलता दश दिनअघि आगलागीमा परी घाइते हुनु भएको थियो । हरिबोधनी एकादशीका दिन पूजा गर्ने क्रममा दियोको आगो कपडामा सल्किएर घाइते भएपछि उहाँलाई बिर्तासिटी अस्पताल भर्ना गरिएको थियो ।

बिर्ता सिटीमा उपचार सम्भव नभएपछि भारतको सिलगुडी लगिनु भएकी पुष्पलताको गएराति ९:४५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार ००:००  ८ : ०६ बजे