२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

प्राध्यापक उपाधिको विवाद : डाक्टर गिरीविरुद्ध सर्वोच्च गयो अख्तियार



धरान-बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीको ‘प्राध्यापक’ उपाधिको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ ।

उपकुलपति डाक्टर गिरीले प्रयोग गर्दै आएको प्राध्यापकको पदवी नक्कली भएको प्रमाणित भएको थियो । लगत्तै डाक्टर गिरी पदमुक्त भएका थिए । तर, विशेष अदालतले डाक्टर गिरीले प्रयोग गर्दै आएको प्राध्यापक पदको उपाधिले भ्रष्टाचार नहुने जनाउँदै गत चैत महिनामा सफाई दिएको थियो ।

सफाई पाएर पूर्ववत जिम्मेवारीमा फर्किएपछि डाक्टर गिरीको विषयलाई लिएर अख्तियार सर्वोच्च अदालत गएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले विशेष अदालतको फैसलामा चित्त नबुझेका कारण आफूहरू पुनरावेदनका लागि सर्वोच्च गएको बताए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार ००:००  ७ : ०६ बजे