काठमाडौँ-काठमाडौँको बुद्धनगरमा आइतबार राति एकजना युवकको हत्या भएको छ । कुटपिटबाट ४० वर्षीय रूपक बान्तवा मारिएका हुन् ।
शङ्खमूलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक बान्तवामाथि राति करिब २ बजे आक्रमण भएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।
कुटपिटबाट घाइते भएका बान्तवालाई राति नै उपचारका लागि सिभिल अस्पताल लगिए पनि लगत्तै मृत्यु भएको थियो । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ ।