बिर्तामोड-झापाको ट्राफिक कमाण्ड सम्हालेको करिब एक वर्षपछि प्रहरी निरीक्षक नवराज न्यौपाने सरुवा भएका छन् । प्रहरी निरीक्षक न्यौपानेको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय तालिम शाखा सामाखुसी सरुवा भएको हो ।
झापामा कार्यरत रहँदा ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नुका साथै मातहतका युनिटलाई सक्रिय र प्रभावकारी रुपमा परिचालन गरी व्यवसायिक सीप तथा दक्षता देखाएको जनाउँदै प्रहरी निरीक्षक न्यौपानेलाई विभागीय नीति अनुरुप पुरस्कृत पनि गरिएको छ ।
सामाजिक संघसंस्थाको समन्वयमा समेत उत्तिकै सक्रिय रहेका प्रहरी निरीक्षक न्यौपानेलाई शनिबार बिर्तामोड उद्योग वाणिज्य सङ्घसहितका विभिन्न ३३ वटा संस्थाले एकसाथ सम्मानसहित बिदाई गरेका छन् ।

















