झापा-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापा आउने भएका छन् । प्रचण्ड पुस १५ गते झापा आउने कार्यक्रम तय भएको हो ।
यसअघि आफ्नो नेतृत्वको सरकार विघटन भएपछि तीन महिनाअघि अध्यक्ष प्रचण्ड झापा आएका थिए । फेरि उनी झापाको कार्यक्रममा सहभागी हुन आउने निश्चित भएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
गौरीगञ्जमा गाउँ अधिवेशनसँगै पार्टी प्रवेशको कार्यक्रम पनि रहेको माओवादी केन्द्रका नेता राजु आचार्य अग्निले जानकारी दिए ।