२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

झापामा राष्ट्रिय परिचयपत्र अनिवार्य !



बिर्तामोड-सरकारले झापासहित २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो ।

जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले झापासहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले पहिलो चरणमा २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जानकारी दिए ।

परिचयपत्र अनिवार्य गरिएका जिल्लामा स्थानीय तहसँगको समन्वयमा विवरण दर्ताको काम सुरु भएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार ००:००  ५ : १३ बजे