२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

माघ पहिलो साता इलाममा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप



इलाम-इलाममा माघ पहिलो सातादेखि दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप हुने भएको छ । ओएसिस क्लवको आयोजनामा माघ ५ गतेदेखि गोल्डकप आयोजना हुन लागेको हो ।

ठूलो टुँडिखेलमा आयोजना हुने प्रतियोगिता १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल र भारतका आठवटा टीम सहभागी हुने जनाइएको छ ।

प्रतियोगितामा नेपालका विभागीय टीमले समेत प्रतिस्पर्धा गर्नेछन् । आयोजकका तर्फबाट राष्ट्रिय टीमकी खेलाडी एन्जिलाको कप्तानीमा खेलाडीहरू मैदानमा उत्रने छन् ।

प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष ध्रुव राईले बताए । उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न ५१ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

सहयोगी व्यक्तित्व, विभिन्न संघसंस्थाको सहयोगमा रकम संकलन गर्ने र उक्त लागतमा खेल सम्पन्न गराउने क्लबका सचिव रोशन राईले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ००:००  ८ : २० बजे