३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

शौचालयमा शिशु जन्माएर फरार भएकी महिला पक्राउ



बिर्तामोड-शौचालयमा नवजात शिशु जन्माएर फरार भएकी एकजना महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड १० घर भएकी गुरुङ थरकी महिला पक्राउ परेकी हुन् ।

झापाको हल्दीबारी एक गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक सेन्टरको शौचालयमा शनिबार दिउँसो शिशुको शव फेला परेको थियो ।

सेन्टरका सञ्चालक सृजन घिमिरेले ती महिलाको गर्भपतन गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनलाई पनि निगरानीमा राखिएको छ ।

प्रहरीले सिटी सफारी चालकलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ००:००  ८ : २९ बजे