१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नागरिक बचाउ महाअभियानका कार्यवाहक अध्यक्ष कल्पित रिहा



बिर्तामोड-नागरिक बचाउ महाअभियानका कार्यवाहक अध्यक्ष माधव कल्पित रिहा भएका छन् । पक्राउ परेको सात दिनपछि कल्पित रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कल्पितलाई रिहा गरेको हो । मङ्सिर १२ गते अनामनगर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

आफूलाई श्रृङ्खलाबद्ध रुपमा षड्यन्त्र गरेर सरकारले फसाउन खोजेको कल्पितको प्रतिक्रिया छ । प्रहरी दमनपछि आफू आमरण अनसनमा बसेको उनले बताए ।

अनसनमा बसिरहेका बेला स्वास्थ्यमा समस्या देखेपछि उनलाई वीर अस्पताल लगिएको थियो । त्यहाँको उपचार सेवामा समेत समस्या भएको जनाउँदै उनले ग्रान्डी अस्पताल जान चाहेको बताए ।

अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईसँग भेट गरेपछि कल्पितले अनसन तोडेको धर्मपत्नी सुजना खतिवडाले जानकारी दिइन् । कल्पित क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

आफूमाथि भएको अन्याय र दमन विरुद्ध सशक्त रुपमा लड्ने प्रेरणा मिलेको कल्पितले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ००:००  ८ : ४३ बजे