१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

भुक्तानी नपाएपछि दुग्ध किसान मारमा



झापा-दुग्ध विकास संस्थान र निजी डेरी उद्योगले भुक्तानी नदिएपछि दुग्ध किसान मारमा परेका छन् ‌। दूध बिक्री गरेबापत पाउनुपर्ने रकम नपाउँदा किसानको बिचल्ली भएको छ ।

पटक-पटक भएका सहमति कार्यान्वयन नभएपछि किसान आन्दोलनमा छन् । केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेडमा आबद्ध किसान कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवर किसानले ४ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी पाउनुपर्ने बताउँछन् । समयमै भुक्तानी नपाउँदा किसान समस्यामा परेको अध्यक्ष कुँवरको दाबी छ।

२०८० मङ्सिर २६ मा सरकार डेरी उद्योग र किसानबीच दूधको बाँकी बक्यौता भुक्तान गर्ने सहमति भएको थियो ‌। तर, सम्झौता पालना नभएको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका अध्यक्ष पञ्चकाजी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार ००:००  ९ : ३७ बजे