काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान अझै सकिएको छैन । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई बयानका लागि बिहिबार पोखराबाट काठमाडौँ ल्याइएको थियो ।
लगातार दुई दिनदेखि उनको बयान भइरहेको छ । आइतबार नसकिएपछि सोमबार पनि बयान लिने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सहकारीको पैसा गोरखा मिडियामा लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका लामिछाने पोखरा र बुटवलपछि बयानका लागि काठमाडौँ ल्याइएका हुन् ।