३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

एकीकृत समाजवादीभित्र कार्यविभाजनमा विलम्ब : असन्तुष्टि थप चुलिने संकेत



काठमाडौँ-कार्य विभाजनमा भइरहेको विलम्बले नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि बढ्दै गएको छ । महाधिवेशनपछि चर्किएको असन्तुष्टि थप चुलिँदै गएको हो ।

बढ्दो असन्तुष्टिका कारण कतिपय नेता कार्यकर्ता पार्टी छोड्ने मनस्थितिमा पुगिसकेका छन् । उनीहरू ‘पर्ख र हेर’ को स्थितिमा रहेको जनाइएको छ ।

अध्यक्ष माधव नेपालको संयोजकत्वमा गठित कार्यदलले अझै कार्यविभाजन गर्न सकेको छैन । नेताहरूबीच कुरा मिल्न नसकेपछि कार्यविभाजनको प्रक्रिया अवरुद्ध हुँदै आएको छ ।

महाधिवेशनमा पार्टी नेतृत्वबाटै गुटबन्दी भएको चर्चाका बीच एकीकृत समाजवादीभित्र तरङ्ग पैदा भएको थियो । तर, सचिव सोमप्रसाद पाण्डे बाहिर प्रचारमा आएजस्तो पार्टीभित्र ठूलो समस्या नरहेको जिकिर गर्छन् ।

‘पार्टीभित्र देखिएको समस्या समाधान भइसकेको छ । सबैलाई समेटेर अब नेतृत्व अघि बढ्छ’, पार्टी सचिव पाण्डेले भने, ‘कार्यविभाजन बारेको छलफल पनि अन्तिम चरणमा पुगिसकेको छ ।’

प्रकाशित मिति : १९ कार्तिक २०८१, सोमबार ००:००  ७ : ५२ बजे