काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बोलाएका छन् । बैठक अहिले ९:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा नेपाल र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी हुनेछन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ ।
संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन र त्यसपछि उत्पन्न भएका राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल गर्ने तयारी भएको छ । सत्तारुढ दलको बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशमा समेत छलफल हुनेछ ।