झापा-नेपाली विद्यार्थी विदेश पढ्न जाने क्रम बढ्दै गएपछि नेपालबाट ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिँदै गएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको हो ।
अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा २३ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्षमा २८ अर्ब १६ करोड बाहिरिएको छ ।
















