११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

‘कचनकवल सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने कांग्रेसको निर्णय



मोरङ-नेपाली कांग्रेसले ‘कचनकवल सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेश समितिको बैठकले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

विराटनगरमा सम्पन्न बैठकले तराईदेखि हिमालसम्मका मतदाता र जनतासँग भेटघाट, अन्तरक्रिया गर्ने लक्ष्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्धव थापाले बताए ।

पार्टी केन्द्रीय समितिले सञ्चालन गरेको १०० दिने अभियानलाई सहयोग गर्नका लागि कोशी प्रदेशका ५६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहिबार ००:००  १० : ४४ बजे