१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

बुद्ध एयरको विमानमा प्राविधिक समस्या



काठमाडौँ- बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। बिहीबार बिहान उडान नम्बर १०० मा रहेको विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको हो ।

विमानलाई डाईभर्ट गरी काठमाडौँ विमानस्थलमा सुरक्षित अवतरण गराइएको बुद्ध एयरले जानकारी दिएको छ । अहिले विमानको प्राविधिक टोलीले चेकजाँच गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार ००:००  ११ : ४५ बजे