बिर्तामोड- रेडियो भिजनको सञ्चालक समितिको अध्यक्षमा उमेश डालमिया चयन भएका छन् । यसअघि ११ वर्षदेखि डालमिया अध्यक्ष थिए । वार्षिक साधारण सभाले डालमियाको अध्यक्षतामा सञ्चालक समिति पुनर्गठन गरेको हो ।
साधारण सभाले दीपेश ढकाललाई सञ्चालक समितिको उपाध्यक्षमा चयन गरेको छ भने सचिवमा गणेश पोखरेल र कोषाध्यक्षमा चूडामणि लिम्बू (विशाल नेम्वाङ) चयन भएका छन् ।
सदस्यमा माधव विद्रोही, सुब्रत न्यौपाने र लक्ष्मीप्रसाद सापकोटा छन् । साधारण सभाले सञ्चालक पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।
सल्लाहकार सदस्यमा हरि सापकोटा, गोपालबहादुर थापा, नरेन्द्र बराल र कुलप्रसाद खरेल रहेका छन् । रेडियो भिजन २००० वाट क्षमताको छ ।


















