१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

लोककल्याणकारी विज्ञापन कटौती गर्ने प्रस्ताव



झापा- सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती गर्ने प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिडिया काउन्सिल विधेयकमार्फत लोककल्याणकारी विज्ञापन कटौती गर्ने प्रस्ताव अगाडि सारेको हो ।

सञ्चारमाध्यमले वर्षौंदेखि सरकारमार्फत लोककल्याणकारी विज्ञापन पाउँदै आएका छन् । सरकारले पत्रपत्रिका वर्गीकरण गरी ३० करोड भन्दाबढी रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रियसभाको विधायन समितिमा विचाराधीन मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस काउन्सिलको अहिले भएको स्वतन्त्र र स्वायत्त चरित्रलाई भंग गरेको छ ।

सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिने व्यवस्था नयाँ विधेयकमा राखिएको छैन ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ००:००  २ : १६ बजे