काठमाडौँ-सहकारीको रकम अपचलन गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । प्रहरीले शुक्रबारदेखि उनको बयान लिइरहेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सन्देश श्रेष्ठले सोमबार लामिछानेको बयान सकिएको बताए । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मङ्सिर १३ गते काठमाडौँ ल्याएर बयान लिइएको हो ।
काठमाडौँमा बयान सकिएकाले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई फेरि पोखरा लैजाने प्रहरीको तयारी छ ।