५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

पञ्चकन्या सोसाइटी र खानेपानीको रक्तदान : ५५ जनाले दिए रगत



बिर्तामोड–पञ्चकन्या सोसाइटी बिर्तामोड–१ र बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले संयुक्तरुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको प्राविधिक सहयोगमा सोमवार रक्तदान कार्यक्रम भएको हो ।

पञ्चकन्या सोसाइटीका सचिव वीपी लामिछानेले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान गरिएको बताए । रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका हुन् ।

कार्यक्रममा बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला र पञ्चकन्या सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बिर्तामोड खानेपानीका उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारसमणि मैनाली, कोषाध्यक्ष शारदा रिजाल, सदस्य मायादेवी प्रधान, सोसाइटीका सह–सचिव दधिराम पाठक, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष चण्डीप्रसाद उपाध्ययलगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार ००:००  ७ : ३८ बजे