बिर्तामाेड-हत्कडी खुस्काएर प्रहरी नियन्त्रणबाट भागेका लागूऔषध मुद्दाका अभियुक्त विशाल राई पक्राउ परेका छन् । झापाको बिर्तामोड बसपार्कबाट प्रहरीले उनलाई शनिवार ११ बजे पक्राउ गरेको हो ।
पेट दुखेकाे बताएपछि प्रहरीले उनलाई बिर्तासिटी हस्पिटल लागेकाे थियो । ड्युटीमा रहेका प्रहरीलाई झुक्याएर राई भागेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले प्रहरी हवल्दार बमबहादुर राईलाई निलम्बन गरेको थियो ।
लागू औषध मुद्दाका अभियुक्त राई भुटानी शरणार्थी हुन् । उनलाई बिर्तामोडकाे पश्चिम बस स्टेण्डबाट पक्राउ गरिएको थियो ।


















