११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

गौरादहका कार्कीको ग्वालीमा आगलागी : १५ लाख बराबरको क्षति भएको अनुमान



गौरादह-झापाको गौरादह नगरपालिका वडा नम्बर ४ डुडामारीका खड्गबहादुर कार्कीको ग्वालीमा मङ्गलबार राति आगलागी भएको छ । आगलागीबाट पशु चौपाया र अन्नपातमा क्षति भएको छ ।

आगलागीबाट एउटा खसी, एउटा माउ बाख्रा, तीनवटा पाठापाठी, एउटा गाईको बाछी मरेका छन् । एउटा गाई घाइते अवस्थामा छ । ग्वालीमा राखिएको को १९ प ४४९८ र को १९ प ६६७८ नम्बरको मोटरसाइकल पूर्ण रूपमा जलेका छन् ।

प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार ००:००  ८ : ५३ बजे