१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

चट्याङले लागेर इलाममा एक जनाको मृत्यु



इलाम-चट्याङले लागेर इलाममा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-९ भन्ज्याङका ३६ वर्षीय सुनिल गोले छन् ।

भान्सामा काम गरिरहेका बेला चट्याङको आवाजले गोले बेहोस भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

अचेत अवस्थाका गोलेलाई उपचारका लागि तत्कालै इलाम अस्पताल लगिएको थियो । लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ००:००  ९ : ३१ बजे