१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

कोशीमा मन्त्रीको भागबण्डा मिलाउन कांग्रेसलाई सकस



मोरङ-कोशी प्रदेश सरकारमा सहभागी हुने विषयमा नेपाली कांग्रेसका नेताहरूले आज छलफल गर्दैछन् । पार्टी सभापति शेरबहादुर देउवासँग छलफल तय भएको हो ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन सभापति देउवासँग छलफल गर्न लागिएको बताए ।

सचेतक तामाङका अनुसार कांग्रेस संसदीय दलका नेता उद्धव थापा सम्भावित मन्त्रीहरूको सूची बोकेर छलफलका लागि काठमाडौँ जाँदैछन् ।

कांग्रेसभित्र देखिएको गुटगत राजनीतिका कारण मन्त्रीहरूको नाम टुङ्गो लाग्न नसकेको हो । सभापति देउबा नेताहरू शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षधरबीच मन्त्रीको भागबण्डा मिलाउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ००:००  १२ : ३२ बजे