झापा-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको आन्तरिक विवादमा धेरै समय व्यतित गर्नु परिरहेको बताएका छन् । महामन्त्री शर्माले पार्टीको आन्तरिक लडाईंमा समय बित्दा अपेक्षा अनुसार काम हुन नसकेको स्वीकार गरे ।
वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा महामन्त्री थापाले सही ढंगले हिँड्न नसकेको बताएका हुन् । उनले कांग्रेसका नेता कार्यकर्ताको ९० प्रतिशत समय आन्तरिक लडाईंमा बित्ने गरेको अनुभव सुनाए ।
‘कांग्रेसभित्र ९० प्रतिशत समय पार्टीभित्रको लडाईंमा गएको छ’, कार्यक्रममा महामन्त्री थापाले भने, ‘एउटा अर्कासँग जुधेको छ । अर्को अर्कासँग जुधेको छ । यसरी समय खेर फाल्नु हुँदैन ।’
महामन्त्री थापाले आठ लाख सदस्य भएको पार्टीको राजनीतिक सामाजिक संगठन नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।