मोरङ-कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका छन् ।
तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा मुछिएपछि नेकपा एमालेको भागमा रहेको कानुन मन्त्रालय खाली थियो ।
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतक समेत रहेका भण्डारीले सोमबार पद तथा गोपनीयताको सपथ गरेका छन् ।