८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

स्थानीय तह उपनिर्वाचन : भरे रातिदेखि मौन अवधि



बिर्तामोड-स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबारराति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुने व्यवस्था छ ।

मङ्सिर १६ गते हुने निर्वाचनका लागि आजराति १२ बजेदेखि मौन अवधि लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा कुनै पनि उम्मेदवारले मत माग्न पाउने छैनन् ।

मौन अवधि कार्यान्वयन भए नभएको सम्बन्धमा निर्वाचन आयोगले सूक्ष्म रूपमा अनुगमन गर्ने जनाइएको छ । आयोगका अनुसार आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुन लागेको हो ।

मतदानका लागि १६२ मतदान स्थल र २७३ मतदान केन्द्र कायम गरिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ जना मतदाता छन् ।

आयोगका अनुसार दुई जिल्ला समन्वय समितिको प्रमुख, एकजना मेयर, एकजना उपमेयर, गाउँपालिकाका अध्यक्ष २ उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ००:००  ७ : ३० बजे