९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

बैंकहरूले अझै घटाए बचतको ब्याजदर



झापा-कर्जा प्रवाहमा सकस बेहोरिरहेका वाणिज्य बैंकहरूले भदौमा पनि निक्षेपको ब्याजदर घटाएका छन् । साउनको भन्दा भदौमा अझ धेरै बैंकहरूले ब्याजदर घटाएका हुन् ।

भदौका लागि १२ वटा बैंकहरूले साउन महिनाको तुलनामा ब्याज घटाएका छन् । छवटा बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । साउनको तुलनामा दुईवटा बैंकले मात्रै भदौमा ब्याजदर बढाएका छन् ।

साउनको तुलनामा नेपाल बैंकले भदौमा औसत १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । गत महिना नेपाल बैंकको ब्याजदर ६.२५ प्रतिशत थियो । भदौमा बैंकले ५.२५ ब्याजदर तोकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ००:००  १२ : २४ बजे