१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

निर्माण कम्पनीले भुक्तानी नपाएपछि १५ करोडमा बनेको अस्पताल भवन प्रयोगविहीन



नवलपरासी-निर्माण कम्पनीले भुक्तानी नपाएपछि बर्दघाट सुस्तापूर्वको डेढगाउँमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पताल भवन प्रयोगविहीन भएको छ । पाँच महिनाअघि अस्पताल भवनको निर्माण कार्य पूरा भएको थियो ।

निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम बाँकी रहेकाले अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल बहादुर बस्नेतले बताए ।

प्रशासकीय अधिकृत बस्नेतका अनुसार १५ करोड ३२ लाख रुपैयाँको लागतमा अस्पताल भवन निर्माण भएको हो । निर्माण कम्पनीलाई २ करोड २५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार ००:००  १२ : ५५ बजे