१ असार २०८३, सोमबार | Mon Jun 15 2026

काँकडभिट्टाबाट ब्राउनसुगरसहित मैनाली पक्राउ



काँकडभिट्टा-भारतबाट सिटी सफारी चढेर आउँदै गरेका काभ्रेपलाञ्चोकका होमकुमार मैनाली ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

शनिबारराति उनलाई मेची पुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ वर्षीय मैनालीलाई पक्राउ गरेको हो ।

मैनालीकाे साथमा मलद्वारमा लुकाएर ल्याएको १३ ग्राम लागूऔषध फेला परेकाे झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

मैनालीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ००:००  १२ : २२ बजे