झापा-नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारतलाई १२ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ । आन्तरिक खपतबाट बढी भएको बिजुली प्राधिकरणले भारतलाई बिक्री गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ७१ करोड ९४ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको जानकारी दिए । प्राधिकरणले प्रति युनिट औषत दर ७ रुपैयाँ ६३ पैसामा बिजुली बेचेको हो ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतीय प्रशारण संरचनाको प्रयोग गरी नेपालले बङ्गलादेशलाई पनि विद्युत् बेच्न सुरु गरेको छ ।

















