७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

अनारमनी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डाक्टर मैनाली



बिर्तामोड-अनारमनी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डाक्टर लक्ष्मीप्रसाद मैनाली चयन भएका छन् । बुधबार भएको साधारण सभाले डाक्टर मैनालीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद बिमली र कोषाध्यक्षमा जानुका मगर चयन भएका छन् । साधारण सभाले सुष्मा पौडेल, पंकज राजवंशी, सोमनाथ तिम्सिना, आशिष गिरी, विनोद गौतम र युवराज प्रसाईलाई सदस्यको जिम्मेवारी दिएको छ ।

समितिमा वडाध्यक्ष मदन बुढाथोकी र निवर्तमान अध्यक्ष राजकुमार पोखरेल पदेन सदस्य रहनेछन् । समितिको सचिवमा क्याम्पस प्रमुख मोहन शिवाकोटी छन् ।

साधारण सभाको अवसरमा दाताहरू हर्कलाल गिरी, राजेश खड्का, भूपेन्द्र सिंह राजवंशी र शिक्षक भरत भट्टराईलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार ००:००  ७ : ५८ बजे