सप्तरी-सप्तरीमा बिहीबार बैंकका एकजना सुरक्षा गार्डको हत्या भएको छ । नेपाल बैंक लिमिटेडमा कार्यरत ५६ वर्षीय परशुराम फुयालको हत्या भएको प्रहरीले जनाएको हो ।
बैंक लुट्न आएका एकजनाले सुरक्षा गार्ड फुयालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी ढुण्डिराज न्यौपानेले बताए ।
फुयाल सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडमा ८ वर्षदेखि सुरक्षा गार्डका रूपमा कार्यरत थिए । राति १२ बजे नकाब लगाएर आएका एक व्यक्तिले खुकुरी हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले तालिम प्राप्त कुकुरको सहायताले अनुसन्धान सुरु गरेको छ । बैंकसँग सहमति भएपछि मात्रै परिवारले सब उठाउन दिएका छन् ।