१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

पुस ६ गतेदेखि फाल्गुनन्द गोल्डकप प्रतियोगिता



पाँचथर-आगामी पुसमा फाल्गुनन्द गोल्डकप प्रतियोगिता आयोजना हुने भएको छ । फिदिम स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

छ वर्षपछि प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप पुन आयोजना हुन लागेको क्लबले जनाएको छ । क्लबका अध्यक्ष दीपेन्द्र थापाले प्रतियोगिताको तयारी सुरु गरिएको बताए ।

फिदिम माध्यमिक विद्यालयको खेल मैदान भत्किएपछि २०७६ सालदेखि प्रतियोगिता रोकिएको थियो । अध्यक्ष थापाका अनुसार यसअघि प्रतियोगिताको दशौँ संस्करण पूरा भएको थियो ।

पुस ६ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने गरी एघारौं संस्करणको तयारी भइरहेको अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगितामा ए डिभिजनका न्यूनतम् चार टोलीसहित १० वटा फुटबल टोली सहभागी हुनेछन् ।

क्लबका अनुसार प्रतियोगिताको विजेताले पाँच लाख २५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले दुई लाख २५ हजार ५५५ रुपैयाँ पाउने क्लबले जनाएको छ ।

विधागत रूपमा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने अध्यक्ष थापाले बताए । प्रतियोगिता सम्पन्न गर्न ७३ लाख ७५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ००:००  ९ : ४६ बजे