२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

मङ्सिर १७ गते शिवसताक्षीमा स्थानीय बिदा



सतासीधाम-शिवसताक्षी नगरपालिकाले मङ्सिर १७ गते स्थानीय बिदा दिने निर्णय गरेको छ । सतासीधाममा निर्माण भएको ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिङ्ग उद्घाटनमा नगरवासीको सहज सहभागिताका लागि नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।

अत्यावश्यक सेवा बाहेक नगरपालिका अन्तर्गतका सबै कार्यालयहरू र शैक्षिक संस्थामा स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बा हाम्फेले बताइन् । मङ्सिर १४ गते बसेको कार्यपालिका बैठकले स्थानीय बिदा सम्बन्धी निर्णय गरेको थियो ।

सोमबार शिवलिङ्गमा विशेष अर्चनासहित उद्घाटन गर्ने कार्यक्रम रहेको छ । श्री सताक्षी गोरक्षा महोत्सव २०८१ काे अवसरमा शिवलिङ्ग स्थापना भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार ००:००  ८ : ३६ बजे