झापा-तीन हजारभन्दा बढी परीक्षार्थीले तेस्रो चरणको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका छन् । रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत उनीहरुले तेस्रो भाषा परीक्षा दिएका थिए ।
परीक्षामा २६ हजार युवा सहभागी भएकोमा ३ हजार १२६ परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस शाखाले जनाएको छ ।
दक्षिण कोरिया जाने सम्भावित सूचीमा रहेका युवाको सङ्ख्या कम भएपछि परीक्षा सकिए लगत्तै नतिजा सार्वजनिक गरिएको कोरिया सरकारको मानव संसाधन विभागले जनाएको छ ।
इपिएस कोरिया शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठले भाषा परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीका लागि यसैसाता सीप परीक्षाको समयतालिका सार्वजनिक गर्ने बताए ।