संखुवासभा– संखुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्ज ज्ञानेन्द्रप्रसाद साहमाथि कुटपिट भएको छ । औषधिको विषयमा भएको विवादका क्रममा टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज साहमाथि कुटपिट भएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाका प्रमुख राम प्रमोद चौधरीले वैद्य समेत रहेका साहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै आक्रमण भएको बताए ।
पाँचखपन २ का भीषण जिमीले शाहलाई कुटेका हुन् । औषधि किन्ने बहानामा जिमीले कुटेको आयुर्वेद प्रमुख चौधरीले जानकारी दिए ।
घटना लगत्तै स्थानीय प्रहरी पोस्टमा उजुरी गरिएको थियो । प्रहरीले जिमीलाई सम्झाई बुझाई छोडेको भएपनि राति पुन धम्की दिएको पीडितको दाबी छ।
घटनापछि साहले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।














